सुदूरपश्चिममा ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम प्रभावित

 ग्लोबल टिभि           0
Vials with Pfizer-BioNTech, AstraZeneca, and Moderna coronavirus disease (COVID-19) vaccine labels are seen in this illustration picture taken March 19, 2021. REUTERS/Dado Ruvic/Illustration

माघ ३

सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन । कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ‘बुस्टर डोज’ का लागि आवश्यक पर्ने भ्याक्सिन आपूर्ति नभएकाले अहिले नियमित खोप कार्यक्रम मात्र सञ्चालन भइरहेको जानकारी दिए ।

‘हामीले कोरोना भाइरसविरुद्धको नियमित खोप कार्यक्रमलाई जारी राखेका छौँ,’ बोहराले भने, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी ‘बुस्टर डोज’ का लागि आइरहनुुभएको छ तर हामीसँग भ्याक्सिन नभएकोले लगान सकिएको छैन । आउने बित्तिकै शुरु गछौँ ।’

धनगढी उपमहा नगरपालिका कार्यालय मात्र नभएर ‘बुस्टर डोज’ लगाउन फ्रन्टलाइनमा काम गर्नेहरु स्वास्थ्य कार्यालय, स्वास्थय आपूर्ति केन्द्र लगायतका नियकामा धाउन थालेका छन् । तर संघीय सरकारले पठाएको खोप धनगढी आइनपुगेका कारण ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका अनुसार संघीय सरकारले ‘बुस्टर डोज’ का लागि कोभिशिल्ड र भेरोसेल पठाएको छ तर यहाँ आइपुुगेको छैन । स्वास्थ्य आपूर्ति केन्द्रका खोप सम्पर्क व्यक्ति राजेन्द्रप्रसाद अवस्थीले सरकारले ‘बुस्टर डोज’ का लागि भन्दै एक लाख पाँच हजार डोज कोभिशिल्ड र ५० हजार डोज भेरोसेल सुदूरपश्चिमका लागि पठाएको जानकारी दिए ।

अवस्थीका अनुसार सरकारले पठाएको खोप धनगढी पुुग्ने बितिकै सबै जिल्लामा फ्रन्टलाइनरलाई बुस्टर डोज लगाउन वितरण गरिनेछ । सुदूरपश्चिममा ४० हजार जनाले कोभिशिल्ड र ३५ हजार सात सय ६५ जनाले भेरोसेलको दुवै मात्र लगाएका छन् । पहिलो चरणमा यी दुवै खोप लगाएका फ्रन्टलाइनर र त्यसपछि सरकारले निर्धारण गरेबमोजिम खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *