नेपालमा आइतबार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।। त्यस्तै काठमाडौं उपत्यकामा थप १ सय २६ जना कोरोना संक्रमित थपिएका छन्।
थपिएका मध्ये काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जना रहेको उनले बताए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा १९ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै थप ५ सय १३ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५८ हजार ४११ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले जानकारी दिएका हुन्। ।
हाल नेपालमा चार हजार ४ सय २२ जना आइशोलेशनमा छन् भने २ सय ५७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ८२ हजार २ सय ४६ वटा पिसिआर परिक्षण गरिएको छ ।
Leave a Reply