श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार इजरायल जाँदै

 ग्लोबल टिभि      बुधबार, माघ ५, २०७८      0

माघ ५
इजरायलसँग श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार त्यतर्फ उड्दैछन् । वैदेशिक रोजगार विभागका अनुसार बुधबार राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका छन् ।

पहिलो उडानस्वरुप बुधबार राति उडान हुन लागेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । उनका अनुसार जनवरीको २९ र फेबु्रअरी १ तारिक दिन दुई उडान हुनेछ ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *