कोरोना परीक्षणको रिपोर्ट सरकारी निकायलाई उपलब्ध गराउन आग्रह

 ग्लोबल टिभि           0

माघ १७
कोरोना भाइरस परीक्षण गरेको नतिजा सरकारी निकायलाई उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । प्रयोगशाला बाहिर गरिएका कोभिड–१९ परीक्षणको नतिजाको जानकारी इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो ।

‘कोभिड–१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितको यकिन तथ्यांक प्राप्त हुनु अपरिहार्य हुन्छ,’ अपिलमा भनिएको छ, ‘संस्थागत, सूचीकृत गरेकोले, प्रयोगशाला बाहिर गरिएका कोभिड–१९ परीक्षणको नतिजाको जानकारी सरकारी निकायलाई हालसम्म पनि जानकारी नगराएका संघ–संस्था, निकाय, नियोगले परीक्षणको नतिजा इमेल तथा कल सेन्टरमार्फत पठाउन अपिल गरिन्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *