२४ घण्टामा थपिए ३६ सय ३७ संक्रमित

निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८ सय भन्दा बढी

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ६, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय  १५ हजार २ सय १८जनाको पिसिआर गर्दा उक्त संक्रमित थपिएका हुन् । यो संगै ४४ हजार ८ सय ७७ जना संक्रिय संक्रमित पुगेका छन् ।
काठमाडौंमा १२  सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ गरि १५ सय ५२ जना गरि उपत्यकामा संक्रमित थपिएका छन् ।
बिहीवार   थप  ३२ सय १५ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । २४ घण्टामा २१ जनाको निधन भएको छ , यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *