थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि -५ को मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, माघ ४, २०७७      0

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । जसमध्ये २ लाख ६१ हजार ४ सय ४४ जनाले कोरोना जितेका छन् । आइतबार थप ४जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म २० लाख १२ हजार ४ सय ५२ जनाको आरटी पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको छ ।

आइतबार थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ । यस्तै २२१ जना क्वारेन्टिनमा छन् भने ३ हजार ९१९ जना आइसोलेसनमा छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *