ग्लोबल टिभि
0
नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, भने हालसम्म नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।
त्यस्तै थप ३ सय ७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २ सय २१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार ७ सय ५८ वटा पिसिआर गरिएको छ ।
Post Views: 1,060
Leave a Reply