थप ३ सय ४८ जनामा कोरोना पुष्टि -४ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, माघ ६, २०७७      0

नेपालमा मंगलबार थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १ हजार ९ सय ६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ सय ४१ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६२ हजार २ सय ५९ जना निको भएका छन् ।

हाल नेपालमा ३७ सय ६४ जना आइशोलेशेनमा छन् भने १ सय ९० जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २० लाख २१ हजार ७ सय १४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल सम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *