ग्लोबल टिभि
बुधबार, माघ ७, २०७७
0
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १२ महिला र २ सय ६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७ सय २६ जनाको पीसीआर परीक्षण भएको छ। बुधबार थप ५ हजार १२ स्वाब परीक्षण गर्दा ३ सय१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ६४२ जनाले कोरोना जितेका छन् । बुधबार थप ३ सय ८३ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ । बुधबार थप ६ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६ सय ९३ जना आइसोलेसनमा छन्।
Post Views: 1,028
Leave a Reply