ग्लोबल टिभि
0
भारतले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार नेपाल आइपुगेको छ।
बिहीबार बिहान ११ः५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ।
खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन।
Post Views: 1,060
Leave a Reply