ग्लोबल टिभि
बिहिबार, माघ ८, २०७७
0
नेपालमा बिहीबार थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १९ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ सय २६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६२ हजार ८ सय ६८ जनाले कोरोना जितेका छन् ।
नेपालमा हाल ३७ सय ९९ जना आइशोलेशनमा छन् भने १ सय ७२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३१ हजार ७ सय ५६ वा पिसिआर परिक्षण गरिएको छ ।
Post Views: 626
Leave a Reply