विना शल्यक्रियामुटुको भल्ब प्रत्यारोपण सफल

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २३, २०७८      0

फागुन २३
नेपालमा पहिलो पटक टिएभीआई विधिबाट विनाशल्यक्रिया मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।

शहिद गंगालाल हृदय रोग केन्द्रमा ८० बर्षीय महिलामा उक्त प्रत्यारोपण विनाअप्रेसन नै १६ फागुनमा सफल प्रत्यारोपण गरिएको हो । उनलाई तीन दिनमै डिस्चार्ज गरिएको थियो । त्यसोत नेपालमा मुटुरोगीको संख्या बढिरेहेको तथ्याङ्क छ । खासगरी खानपान र रहनसहनमा ख्याल नगर्दा मुटुरोगको जोखिम बढ्ने चिकित्कसहरुको भनाई छ ।

गत साता शहिद गंगालाल हृदयरोग केन्द्रमा एक बृद्ध महिलाको विनाशल्याक्रिण मुटुको भल्वको सपल प्रत्यारोपण भएको छ । नेपालमै पहिलोपटक विनाशल्यक्रिया मुटुको भल्व सफल प्रत्यारोपण भएसँगै मुटुरोगीको उपचारमा समेत थप सहज हुने विश्वाश व्यक्त गरिएको छ ।

चिकित्सकहरूका अनुसार बिरामीलाई बेहोस गरि छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले जटिलता कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ । शल्यक्रियाको तुलनामा यस बिधिबाट उपचार प्रभावकारी हुनुका साथै मृत्यु दर पनि कम हुने अध्ययनले देखाएको छ ।

त्यसोत मानिसहरूको खानपान, जिवनशैलीका कारण संसार भरिनै पछिल्लो समय मुटु रोगीको संख्या बढीरहेको छ । चिकित्सकहरूका अनुसार धुमपान,मध्यपान, चिल्लो, मसलादार, घरबाहिरको खानेकुराकारण मुटुरोग ब्ने गर्छ । यसको अलावा नियमित शारिरिक व्यायम, रोग, ध्यान गर्ने र तनाब मुक्त हुन सक्ने हो भने मुटुरोग बाट धेरै हदसम्म बच्न सकिने चिकित्सकहरुको भनाई छ ।

नेपालमा समेत मुटुरोगीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । तर मुटुरोगको उपचारमा भने सबैको पहुँच पुग्न सकेको छैन । उपचार समेत महँगो हुने र शल्यक्रिया गर्दा जोखिम पनि बढि हुने देखिएका बेला नयाँ प्रविधिबाट उपचार सफल भएपछि नयाँ आशा पलाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *