थप ३०२ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि      शुक्रबार, माघ ९, २०७७      0

नेपालमा शुक्रबार थप ३ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ हजार ९ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ८० जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६३ हजार ३ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै हाल ३६ सय १४ जना आइशोलेशनमा र १ सय ५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३५ हजार ३ सय १ वटा पिसिआर गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *