पछिल्लो २४ घण्टामा ५ हजारभन्दा वढी संक्रमित
चैत्र १
चीनमा पछिल्लो २४ घण्टामा एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् ।
यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ । चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ ।
एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ । चीनले कोभिडविरुद्ध ‘शून्य सहनशिलता’को नीति अपनाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ ।
यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चांङचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो । रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदायस्तरमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
Leave a Reply