नेपालमा पश्चिमी वायुको प्रभाव– कर्णाली र सुदूरपश्चिममा वर्षासंगै हिमपात हुने

 ग्लोबल टिभि      शनिबार, माघ १०, २०७७      0

काठमाडौं । आज शनिवार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भूभागहरुमा हुस्सु–कुहिरो लागेको को छ भने बाँकी भू(भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन सूचित गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *