ग्लोबल टिभि
0
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने १९९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७८ जना संस्थागत आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Post Views: 1,213
Leave a Reply