ग्लोबल टिभि
0
तस्वीर :डा भट्टराईको ट्वीटरबाट
काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा भट्टराईले ट्वीटर मार्फत उक्त जानकारी दिएका हुन् ।
भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’
Post Views: 1,376
Leave a Reply