ग्लोबल टिभि
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २२ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ ।यसैगरी शनिवार थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको मृत्यु भएको हो ।
Post Views: 1,164
Leave a Reply