थप ३ सय ३९ जनामा कोरोना पुष्टि-१० जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, माघ १२, २०७७      0

पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा थप ३ सय ३९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको हो । नेपालमा हालसम्म कुल २० लाख ४८ हजार १ सय १३ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ । क्वारेनटिनमा १ सय ३२जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १ सय ३७ र भेन्टीलेटरमा १९ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *