कोरोना विरुद्धको पहिलो खोप डा.राजभण्डारी र डा.बास्तोलाले लगाउने

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाउने भएका छन् ।

अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । पहिलो खोप लिन लागेको बारे बाह्रखरीसँग शुक्रराजका निर्देशक डा. सागर राजभण्डारीले सबैमा सकारात्मक भएर खोप लिन आह्वान गरेका छन् ।

शुक्रराजबाट शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा बुधबारबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर ३ सय खोप केन्द्र तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *