ग्लोबल टिभि
0
नेपालमा मंगलबार थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म २ हजार १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्
। त्यस्तै थप २ सय ८५ जना कोरानोमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६४ हजार ८ सय २३ जना कोरोनासंक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ३२ सय ५२ आइशोलेशनमा छन् भने १ सय २२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ५२ हजार ६ सय८७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
Post Views: 1,139
Leave a Reply