नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७
ग्लोबल टिभि
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २८ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० रहेको छ । यसैगरी आइतवार थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।२४ घण्टामा काठमाडौँ उपत्यकामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।
Post Views: 1,097
Leave a Reply