किष्ट मेडिकल कलेज इमाडोल ललितपुरले अग्रपक्तिमा खटिएका करिव ३ हजार जनालाई खोप लगाउने ब्यवस्था गरेको जनाएको छ ।
ललितपुरको प्राय दक्षिणी भेगमा अवस्थित करिब ३६ स्वास्थ्य संस्थाहरुमा कार्यरत ३ हजारको हाराहारीका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीहरुलाई प्रदान गर्ने गरि तोकिएकै दिन बुधवारदेखि खोप लगाउन शुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले बिज्ञप्ति जारी गरि प्राविधिक तथा प्रशासनिक रुपमा सम्पूर्ण तयारी गरी खोप कार्यक्रम शुरु भएको जनाएको छ । बुधवार बिहान १० बजे खोप कार्यक्रमको प्रथम सेवाग्राहीका रुपमा उक्त शिक्षण अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेस जङ सिजापतिलाई खोप प्रदान गरी शुरु गरिएको पनि जनाइएको छ ।
राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्र्व निर्वाह गर्न यस अस्पताल कटिबद्ध रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
सेवाग्राहीका सुविधाकालागि वेटिङकक्ष, रजिष्टे«शन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिइएको पनि अस्पतालले जनाएको छ ।
खोप लिने व्यक्ति (सेवाग्राही) लाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई मञ्जुरी लिई मात्रखोप प्रदान गरिएका ेछ ।दोश्रो मात्रा (डोज) खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्न पनि अस्पतालले आग्रह गरेको छ ।
Leave a Reply