धादिङमा पहिलो चरणको खोप १ हजार ३४० लाई लगाइने

 ग्लोबल टिभि      बुधबार, माघ १४, २०७७      0

धादिङ जिल्लामा पहिलो चरणमा १ हजार ३ सय ४० जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । जिल्लामा कोभिड–१९ संक्रमण बिरुद्धको कोभिशिल्ड भ्याक्सिन १ हजार ३ सय ४० डोज प्राप्त भएसँगै पहिलो चरणमा खोप अभियान आजबाट सुरु हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जसअन्तरगत पहिलो चरणमा अग्रपङतीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेबिका, एम्बुलेन्सरशव–बाहन चालक, सरसफाईकर्मीहरुलाई खोप लगाईने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए।

आजदेखि माघ २० गतेसम्म संचालन हुने खोप अभियानमा धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई माघ १४ र १७ गते, नेत्रावती डबजोङ त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिकामा माघ १५ र १८ गते लगाईने छ ।

यस्तै रुवीभ्याली, खनियावास, गंगाजमुना, थाक्रे गाउँपालिका र धनिवेशी नगरपालिकाको लागि १६ र १९ गते, एम्बुलेन्स् चालक, सरसफाईकर्मी र शव व्यवस्थापनको लागि २० गते र अत्यावश्यक कारणले छुट भएका व्यक्तिहरुलाई भने २४ गते लगाईने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *