थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि -३ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधीमा देशभरबाट थप २ सय ४६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

४ हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा थप २ सय ८३ जनाको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ५७ हजार ६९ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ । क्वारेनटिनमा १ सय २२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १ सय ३९ र भेन्टीलेटरमा २३ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *