विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

कोरोना संक्रमितको संख्या विश्वमा १० करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १० करोड ४ लाख ५५ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६२ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १६ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण २१ लाख ६६ हजार ४ सय ४० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित देश अमेरिका, भारत, ब्राजिल लगायत हुन् ।

नेपालमा हालसम्म २ लाख ७० हजार ५ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार २० जनाको मृत्यु भइसकेको छ ।

नेपाल हाल सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *