दोलखामा कोभीसिल्ड लगाएकाहरु धमाधम बिरामी

 ग्लोबल टिभि           0

माघ १४ गते बुधबार पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड खोप लगाएकाहरु धमाधम बिरामी पर्न थालेका छन् ।

सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् ।

बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्।

दुईदिनसम्म लगाइसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।

बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको बताए ।

पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए । ५ मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाइने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *