कोरोना विरुद्वको खोप ३ महिनाभित्र सबै नागरिकलाई :स्वास्थ्यमम्त्री

 ग्लोवल टि.भी.      शनिबार, माघ १७, २०७७      0

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताएका छन्।

शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुग्नु भएका स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना भाइरसको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी हुर्दै ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताएका हुन्।

मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कारोना भाइरसको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल भने पछि पर्नुको कारणबारे जानकारी लिएका थिए । त्यस्तै उनले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताए।

मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरसको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति भएको बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *