काठमाडौं । कोरोना विरुद्धको भ्याक्सिन कोभीसिल्ड लगाएका ५५ व्यक्ति विरामी परेको समाचारको जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले खण्डन गरेको छ । समाचारका विषयमा ग्लोबल टेलिभिजन एचडीले राखेको जिज्ञासामा कार्यालय प्रमुख विभु कुमार झाले भ्याक्सिन लगायका व्यक्ति विरामी परेको भन्ने समाचारमा सत्यता नभएको जानकारी दिए ।
कार्यालय प्रमुख कुमार झाले भने – यो समाचार कसरी आयो, आफुले पनि छलफल गरिरहेको तर समाचारमा भने जस्तो अवस्था दोलखामा नरहेको कार्यालय प्रमुख झाको भनाई छ । भ्याक्सिन लगाएको ठाउँमा सामान्य दुख्ने र सुन्निने बाहेकका कुनै पनि समस्या नरहेको झाले बताए ।
यसै बीच समाचारको बिषयमा आइतवार विज्ञप्ती निकालेर खण्डन गर्ने तयारी भैरहेको उहांको भनाइ छ । शुक्रवार सम्म दोलखामा ४ सय ६५ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् भने पहिलो चरणमा जिल्लामा २१ सय ४० जनामा भ्याक्सिन लगाउने लक्ष्य रहेको जानकारी दिइएको छ ।
Leave a Reply