ग्लोबल टिभि
0
नेपालमा आइतबार थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ८ जनाको परिक्षणका क्रममा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुदा नेपालमा २ हजार २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ सय ८८ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा हालसमम २ लाख ६६ हजार ३ सय ३६ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल २५ सय ९४ जना आइशोलेशनमा छन् भने १ सय २ जना क्वारेन्टाइनमा छन् । हालसमम नेपालमा २० लाख ७१ हजार ७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 1,060
Leave a Reply