गुल्मीमा ५०० बढीले लगाए कोरोनाविरुद्धको खोप

 ग्लोबल टिभि           0

गुल्मीमा ५ सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

जिल्लामा २४ गतेसम्म कुल १ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *