थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोवल टि.भी.      बुधबार, माघ २१, २०७७      0

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ९७ जनाको स्वाब परीक्षण गराउँदा ५२ महिला र ९० जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका ५५ जनासहित १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने २ सय ६ जना डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । जसमध्ये २ लाख ६७ हजार ६५ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।

देशभर क्वारेन्टाइनमा भने ९५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३३५ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ८१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका जनाको भेन्टिलेटरमा र जनाको आइसीयूमा उपचार भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *