थपिए ५ सय ७० संक्रमित, ३१ सय ६८ भए संक्रमण मुक्त

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ११, २०७७      0

काठमाण्डौं । २४ घण्टामा देशभर  ५ सय ७० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ सय २५ पिसिआर गर्दा ५ सय ७० संक्रमित थपिएका हुन् । यसैगरि ३१ सय ६८ जना स्रक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ पुगेको छ ।
२४ घण्टामा १४ जनाको कोरोना  संक्रमणका कारण निधन भएको छ । यो संगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ८ सय ८७ पुगेको छ । देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ भने  संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ रहेको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा २५२  कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९७ महिला र १५५ पुरुष रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *