ग्लोबल टिभि
0
Covid vaccine (Photo/iStock)
सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा. झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको छ।
त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा. गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।
शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन्।
Post Views: 1,045
Leave a Reply