ग्लोबल टिभि
0
सुर्खेतमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको उनले बताए ।
Post Views: 1,263
Leave a Reply