देशभर थपिए १९ सय ५४ संक्रमित

 ग्लोबल टिभि           0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९ सय  ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४९ हजार ६ सय ४३  पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८  पीसीआर परीक्षण गर्दा १९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा  २९ सय ८१ जना डिस्चार्ज भएका छन् ।  अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ रहेको छ । यसैगरी बुधवार  थप ११  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । २४ घण्टामा काठमाडौँमा ६ सय ९६ सय  भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ गरि ८ सय ४३ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयले नियमित गर्दे आएको प्रेस बिफ्रिङ अब हप्तामा आइतवार र बुधवार  पुरानै समयमा गर्ने पनि प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *