ग्लोबल टिभि
0
नेपालका सोमबार थप १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै १९४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार २ सय ६६ जना कोरोनामुक्त भएका छन् ।
हाल १७ सय ४४ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि हालसम्म नेपालमा २० लाख ९६ हजार ७ सय ५० वटा पिसिआर गरिएको छ ।
Post Views: 1,113
Leave a Reply