२३ सय ६४ संक्रमित थपिए , ३ हजार ३६ संक्रमण मुक्त

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक १३, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २३ सय  ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ७ सय ६९  पीसीआर परीक्षण गर्दा २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा  ३ हजार ३८ जना डिस्चार्ज भएका छन् ।  अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ रहेको छ । यसैगरी बिहीवार  थप १७  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *