पछिल्लो २४ घण्टामा थप १ सय ३४ मा कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५६७ जनाको नमुना परीक्षण गर्दा ६३ जना महिला र ७१ जना पुरुष गरी कुल १३४ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ७५३ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ८४६ जना होम आइसोलेसनमा, ७२ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *