२४ घण्टामा ३५ सय १७ संक्रमित, ४ हजार ९६ जना डिस्चार्ज

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक १४, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३५ सय  १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ९ सय ८९  पीसीआर परीक्षण गर्दा ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा  ४ हजार ९६ जना डिस्चार्ज भएका छन् ।  अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ रहेको छ ।

यसैगरी  शुक्रवार  थप १६  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *