काठमाडौं उपत्यकामा मात्रै १ हजार ३५७ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर परीक्षण गर्दा २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६४ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ रहेको छ । यसैगरी शनिवार थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ३५७ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा ५६९ महिला तथा ७८८ पुरुष गरि कुल १ हजार ३५७ संक्रमित थपिएका छन् ।
Leave a Reply