पाल्पा – हरि जि.सि । पाल्पामा संचारकर्मीहरुलाइ दोस्रो चरणको कोरोनाविरुद्धकोखोप लगाईएको छ । जिल्लाका करिब १०० भन्दा बदी क्रियाशिल पत्रकारहरुले खोप लगाएका छन ।
नेपाल सरकारको निणर्य अनुसार दोस्रो चरणमा लक्षित व्यक्तिहरुको फागुन २ गते सोमवार देखि ८ गतेसम्म विभिन्न खोप केन्द्रमा खोप संचालन गरिनेछ । स्वास्थ्य कार्यालयका अनुसार पाल्पा अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार दोस्रो चरणमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्ति, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी, निजमती सेवाका कर्मचारी, जनपथ प्रहरी, ट्राफिक प्रहरी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी, अदालत र सरकारी वकिल,लगायतले क्रमश खोप लगाउने बताए।
अस्पतालहरुबाट ३ हजार ३ सय ४० जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले जानकारी दिए । उनका अनुसार लुम्बिनी मेडिकल कलेजमा ९ सय जना, मिसन अस्पतालबाट ६ सय जना, पाल्पा अस्पतालबाट १ हजार १ सय ९० जना, रामपुर अस्पतालबाट ६ सय ५० जना गरी ३ हजार ३ सय ४० जनालाई खोप दिइने लक्ष्य रहेको बताए । नेपाल पत्रकार महासघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारहरुले खोप लगाएपछि फिल्डमा खटिनको लागि सहज हुने बताए ।
Leave a Reply