थप १२२ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि      सोमवार, फाल्गुन ३, २०७७      0

नेपालमा सोमबार थप १ सय २२ जनामा कोरोना पुष्टि भएको छ । याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार २ सय ४ जनाले नेपाालमा कोरोना जितेका छन् ।

हाल नेपालमा १५ सय ८१ जना आइशोलेशन र ७९ जना क्वारेन्टाइनमा छन् भने २१ लाख २० हजार ५ सय ९१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *