विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरः नेविसंघ

 ग्लोबल टिभि           0

कोभिड १९ अर्थात कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सीन) विद्यार्थीलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।
कोभिड विरुद्धको खोप नेपालमा आइसकेको अवस्थामा पनि विद्यार्थीलाई लगाउन सरकारले आनाकानी गरेको भन्दै नेविसंंघले प्रदर्शन गरेका हुन् ।

‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड १९ भ्याक्सीनको पहिलो अधिकार’ भन्ने नारा सहित माइतिघरमा प्रदर्शनमा उत्रेका उनीहरुले विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रदर्शनपछिको सभालाई संवोधन गर्दै महामन्त्री दीपक भट्टराइले स्कुल, क्याम्पस धमाधम खुलिसकेको अवस्थामा विद्यार्थीहरु महामारीको जोखिम मोल्न बाध्य रहेको बताएका छन् । ‘यस्तो अवस्थामा सरकारले विद्यार्थीलाई भविष्यको कर्णधार मात्र भनेर हुँदैन, उनीहरुको बाच्न पाउँने अधिकारलाई पनि सुरक्षित गर्नसक्नुपर्छ’ उनले भने, ‘हाम्रा आवाजलाई सरकारले व्यवास्ता गरे निरन्तर सघर्षमा जाने हाम्रो चेतावनी हो ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *