ग्लोवल टि.भी.
शुक्रबार, फाल्गुन ७, २०७७
0
सरकारले नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले वृद्धि गरेको चिकित्सकहरूको परामर्श शुल्क खारेज गरेको छ।
स्वास्थ्य मन्त्रालयसँग कुनै परामर्श नै नगरी चिकित्सकको परामर्श शुल्क वृद्धि गरेका कारण पुरानै शुल्क कायम हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको समितिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न थप निर्णय गर्नुपर्ने समेत बताएको छ ।
चिकित्सक संघ र अफिनले एकलौटी रुपमा गरेको परामर्श शुल्क वृद्धि मन्त्रालयलाई मान्य नहुने जनाएको छ।
त्यसै गरि मन्त्रालयले अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्क परिमार्जनका लागि सरोकारवालासँग छलफल गर्न तयार रहेको स्पष्ट पारेको छ।
Post Views: 384
Leave a Reply