कोरोना उपचारमा धरौटी रकम नमाग्न सरकारी अस्पताललाई मन्त्रालयको निर्देशन

 ग्लोबल टिभि           0

काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् ।

सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना निकालेर धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको जानकारी दिए । उनले सरकारले आफैं उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *