युनिसेफले गत मंगलबार मानवीय सहायताका लागि हवाई ढुवानी पहलको शुरूवात गरेको छ । कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि कोभिड १९ खोपका साथै अत्यावश्यक औषधि, मेडिकल सामाग्री तथा अन्य महत्वपूर्ण वस्तुहरू प्राथमिकताको आधारमा आपूर्ति गर्ने कार्यमा युनिसेफलाई सहयोग गर्नको लागि विश्वका १० प्रमुख वायुसेवा कम्पनीहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
वायुसेवा कम्पनी एयर ब्रिज कार्गो, एयर फ्रान्सरकेएलएम, एस्ट्रल एभिएसन, ब्रसेल्स एयरलाइन्स, कार्गोक्स, क्याथे प्यासेफिक, इमिरेट्स स्काइकार्गो, इथियोपियन एयरलाइन्स, इतिहाद एयरलाइन्स, आइएजी कार्गो, कोरियन एयर, लुफ्थान्सा कार्गो कतार एयरवेज, सउदिया, सिंगापुर एयरलाइन्स लिमिटेड र युनाइटेड एयरलाइन्सले युनिसेफसँग सम्झौता गरेका हुन्। विश्वभर न्यायोचित रुपमा कोभिड विरुद्धको खोप वितरण गर्न उद्देश्य स्थापित कोभ्याक्स फ्यासिलिटि लाई सहयोग पु¥याउन सम्झौतामा संलग्न वायुसेवा कम्पनीहरुले विश्वका १०० भन्दा बढी देशमा विभिन्न रुटहरुमा खोप पु¥याउने छन्।
Leave a Reply