बिकास रौनियार,धादिङ । धादिङमा ६ दिनको अवधिमा एक हजार ७ सय ७० जनाले दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाएका छन् । शुक्रबार धादिङ अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट ११४ जना महिला र ३१२ पुरुष गरी ४२६ जनाले खोप लगाएसँगै हालसम्म १ हजार ७ सय ७० जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
फागुन २ गते आइतबारदेखी सुरु भएको दोस्रो चरण खोप अभियान अन्तरगत हालसम्म पहिलो चरणमा छुट भएका १६६ जना, जनप्रतिनिधि तथा स्थानिय तहका कर्मचारीहरु २६२, निजामती कर्मचारी ५६७ जना, जनपथ प्रहरी २३० जना,सशस्त्र प्रहरी ६२ जनाले खोप लगाएका छन् । यस्तै बैङ्क तथा बित्तिय संस्थाका कर्मचारी ३५९, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ७७ जना,न्याय सेवाका कर्मचारी २१ जना र २६ जना पत्रकारले खोप लगाएका छन् ।
प्रदेश सरकार मार्फत जिल्लामा कोभिड–१९ संक्रमण बिरुद्धको कोभिशिल्ड नामक भ्याक्सिन ३ हजार ५ सय डोज प्राप्त भएको र जिल्लाका सबै जन–प्रतिनिधि, कर्मचारी,सुरक्षाकर्मी, सञ्चारकर्मीलाई खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा पहिलो चरण अन्तरगत १ हजार ३४० डोज भ्याक्सिन प्राप्त भएकोमा एक हजार ३२४ जनालाई लगाइएको थियो ।
Leave a Reply