थप १० लाख कोरोनाविरुद्वको खोप ल्याइँदै

 ग्लोबल टिभि      आइतवार, फाल्गुन ९, २०७७      0

कोरोनाविरुद्वको खोप ‘कोभिसिल्ड’ थप १० लाख मात्रा आइतबार नेपाल ल्याइने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप खरिद गरेर सरकारले पहिलो चरणमा १० लाख मात्रा ल्याउन लागेको हो ।

सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरिसकेको छ । सम्झौता अनुसार पहिलो चरणमा १० लाख डोज खोप आज एयर इन्डियाको विमान मार्फत दिल्लीबाट काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने छ । यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । यसैगरी पहिलो चरणको खोप अन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान भोलिसम्म थपिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *