नर्भिकमा डिजिटाइज ओपिडि सेवा शुरु

 ग्लोबल टिभि           0

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ ।
अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो ।

अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएका हुन् । अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी उनले दिएका छन् । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको र डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको समेत उनले बताएका छन् ।

नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमको भनाई रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *